मुख्य समाचार
मनोरञ्जन
। फेसनको बाइबल मानिने भग म्यागजिनले आफ्नो फिलिपिन्स संस्करणमा एपो-वाङ-ओड नामक एक १०६ वर्षीया ट्याटु कलाकारलाई कभर स्टारको रुपमा प्रस्तुत गरेको छ । यससँगै उनी विश्वप्रसिद्ध भग म्यागजिनमा मोडलको रुपमा देखापर्ने सबैभन्दा वयोवृद्ध व्यक्ति घोषित भएकी छन् । उनी वाङ-ओड-मारिया ओग्गे नामले पनि चिनिन्छिन् । बुबाको निर्देशनअनुसार उनले किशोरावस्थादेखि नै हातले ट्याप गर्ने ट्याटुको कलालाई उनी ...
। क्यानडेली फिल्म निर्माता सारा पोलीले आफ्नो ११ वर्षको बच्चाले आफूमाथि गरेको ‘क्रूर’ अप्रिल फूलको मजाक सेयर गरेकी छन् । शनिबार बिहान आफूलाई आएको इमेल उध्दृत गर्दै उनले भनिन्, ‘हामी तपाईंलाई गहिरो पश्चातापका साथ यो भन्छौं, तपाईंले प्राप्त गर्नुभएको ओस्कार गल्तीले दिइयो ।’ पोलीले गत महिना अमेरिकाको लस एन्जलसमा भएको ९५ औं एकेडेमी अवार्डमा फिल्म ‘वुमन ...
। हलिउड स्टुडियो मार्वल फिल्मका स्टार तथा ‘एन्ट-म्यान एण्ड द वास्प क्वान्टुमेनिया’ अभिनेता जोनाथन मेजर्स ठूलै समस्यामा परेका छन् । ३० वर्षीया प्रेमिकालाई घाँटी थिचेर कुटपिट र उत्पीडन गरेको आरोपमा न्युयोर्क प्रहरीले आइतबार मेजर्सलाई पक्राउ गरेको छ । तर मेजर्सले आफू निर्दोष रहेको दाबी गरेका छन् । बिहान ९ बजे फोन आएपछि यो घटनालाई लिएर प्रहरी ...
काठमाडौं । मोडल दुर्गेश थापासहित तीन जनाविरुद्ध झैझगडा र कुटपिटको आरोपमा प्रहरीमा उजुरी परेको छ । वनभोजका क्रममा वादविवाद हुँदा दुर्गेशसहित तीन जनाले आफूमाथि कुटपिट गरेको भन्दै टिकटकर रिदम क्षेत्रीले महाराजगञ्ज प्रहरी वृत्तमा उजुरी दिएको डीएसपी अंगुर जीसीले पुष्टि गरे । त्यस क्रममा आफूले लगाइरहेको सुनको सिक्री समेत लुछेको क्षेत्रीले आरोप लगाएका छन् । दुवै पक्षलाई छलफलका ...
एजेन्सी : भोजपुरी अभिनेत्री आकांक्षा दुवे मृत फेला परेकी छन्। अभिनेत्री आकांक्षा आइतबार बिहान वाराणसीको एक होटलमा मृत फेला परेकी हुन्। उनी फिल्म सुटिङका क्रममा वाराणसी पुगेको बताइएको छ। प्रहरी अधिकारीका अनुसार उनले झुण्डिएर आत्महत्या गरेको बताइएको छ। यद्यपी नायिकाले के कारणले आत्महत्या गरिन् भन्ने खुल्न सकेको छैन । वाराणसीको वरणा जिल्लाको डीसीपीले घटनाबारे प्रहरीले अनुसन्धान ...
तपाईंले हिरा तथा सुन जडित गरगहना त देख्नुभएकै छ होला । तर के तपाईंले सुन तथा हिराजडित संसारकै महँगो गितार देख्नुभएको छ ? दुनियाँकै महँगो उक्त विशेष गितारमा एक दुईवटा होइन पूरै ११ हजार ४४१ वटा हिरा जडित छन् । साथै उक्त गितारमा १८ क्यारेटको १ किलो ६सय ग्राम ह्वाइट गोल्ड पनि राखिएको छ । संसारकै मूल्यवान ...
। बहुप्रतीक्षित हलिउड फिल्म ‘जोकर २’ को छायांकन सेटबाट एक्सक्लुसिभ तस्वीर बाहिरिएको छ, जसमा लेडी गागाको पहिलो झलक देख्न सकिन्छ । सन् २०१९ को हिट फिल्म ‘जोकर’को दोस्रो श्रृंखलाको एक महत्वपूर्ण भूमिकामा गागालाई प्रस्तुत गरिएको छ । फिल्ममा हार्ली क्वीन पात्रको भूमिकामा उनलाई देख्न सकिन्छ । ‘जोकर : फोलाइ अ ड्युक्स’ नाम दिइएको दोस्रो श्रृंखलाको छायांकन ...
। गुनीत मोंगाको डकुमेन्ट्री ‘द एलिफेन्ट व्हिस्पर्स’ले ओस्कार अवार्ड जितेदेखि नै चर्चाको विषय बनेको छ । यो फिल्मले ओस्कार जितेपछि यसमा चित्रण गरिएको जोडीको बारेमा पनि दर्शकको चासो बढेको छ । यो डकुमेन्ट्री तमिलनाडुका बासिन्दा बोमन र बेलीको जीवनमा आधारित छ, जो हात्तीको बीचमा बस्छन् र उनीहरूको हेरचाह गर्छन् । बोम्यान र बेली साँच्चै ‘द एलिफन्ट ...
। बेलायती अभिनेता रेगे-जीन पेज संसारका सबैभन्दा सुन्दर मानिस घोषित भएका छन् । ‘ब्रिजर्टन’ सिजन-१ मा सिमोन बासेटको भूमिकामा खेल्दा मात्र नभएर एक नयाँ अध्ययनले उनलाई संसारकै सबैभन्दा सुन्दर पुरुषमध्ये एक भएको प्रमाणित गरेको छ । हालै ३४ वर्षीय यी अभिनेताको अनुहारको विश्लेषण गरिएको थियो । जसको नतिजामा उनी सबैभन्दा सुन्दर पुरुषमध्ये एक भएको निष्कर्ष निस्कियो ...
काठमाडौं । आफूले अभिनय गरेको विज्ञापन विवादमा तानिएपछि अभिनेत्री करिश्मा मानन्धरले यसबारे प्रष्टीकरण दिएकी छन् । उक्त विज्ञापनमा सुधार हुने आशा राख्दै उनले त्रुटि स्वीकारेकी छन् । करिश्मा लेख्छिन्, ‘कलाकारको नाताले आफ्ना प्यारा दर्शक झुक्याउने मनसाय कहिल्यै रहेन । त्रुटि मानिसबाटै हुने हो । प्रचारको काममा उपस्थित रहने भएपनि प्रचारको निर्माण सामग्रीमा मेरो हात हुँदैन ।’ प्रतिक्रियालाई ...
काठमाडौँ। भुटानी रेफ्यूजी आइडल गायन प्रतियोगीता हुने भएको छ । झापाको बेलडांगीमा रहेको भुटानी शरणार्थी शिविरभित्रै आयोजना हुने प्रतियोगीताको लाइभ राउण्ड आगामी मे महिनादेखि सुरु हुने आयोजक संस्था नक्षेत्र फाउण्डेसनका अध्यक्ष अर्जुन सुवेदीले जानकारी दिए । शिविर भित्रको अभावले धेरै राम्रा प्रतिभाहरु अझै पनि ओझेलमा परेको अवस्थामा प्रतिभाहरुको खोजी गर्दै भुटानी रेफ्यूजी आईडल गायन प्रतियोगीता आयोजना गर्न ...
। क्यानडेली गायक विकेन्ड विश्वकै सबैभन्दा लोकप्रिय संगीतकार घोषित भएका छन् । गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले ३३ वर्षको सांगीतिक करिअरको तथ्यांकमा विकेन्डको नजिक अन्य कुनै संगीतकर्मी पनि आउन नसक्ने जनाएको छ । गिनिज बुकले विकेन्डलाई उक्त उपाधि दिनुअघि सार्वजनिक गरेको प्रतिवेदनमा दुई आधार प्रस्तुत छन् । जसमा संगीत स्ट्रिमिङ प्लेटफर्म स्पटीफाइमा उनका मासिक श्रोता १११.४ ...
— सन् १९९८ मा आजकै दिन (मार्च २३) मा आजकै दिन ‘टाइटानिक (१९९७)’ फिल्मले विभिन्न ११ विधामा ओस्कर अवार्ड जितेको थियो । ७० औं एकेडेमी अवार्डअन्तर्गत फिल्मले उत्कृष्ट फिल्म, निर्देशक, आर्ट डाइरेक्सन, सिनेमाटोग्राफी, कस्ट्युम डिजाइन, फिल्म एडिटिङ, ओरिजिनल ड्रामाटिक स्कोर, ओरिजिनल सङ, साउन्ड मिक्सिङ, साउन्ड इफेक्ट्स एडिटिङ, भिजुअल इफेक्ट्स गरी ११ विधामा अवार्ड जितेको थियो । ११९२ ...
। तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले सन् १९५३ मा पहिलोपटक सगरमाथा आरोहण गरे । उनै आरोही शेर्पाका नाति अब हलिउड फिल्मसँग जोडिएका छन् । २१ वर्ष लागेका शेर्पाका नाति तेन्जिङ नोर्गे ट्रेइनरलाई यतिबेला हलिउडमा भ्याइनभ्याइ छ । आगामी मार्च २९ मा एनी अवार्ड विजयी हलिउड वेब-श्रृंखला ‘एबोमाइनेबल एण्ड द इनभिजिबल सिटी’ विश्वचर्चित ओटीटी प्लेटफर्महरु हुलु ...
मुम्बई : सन् २०१८ मा सार्वजनिक भएको बलिउड फिल्म स्त्रीले राम्रै चर्चा पाएको थियो। उक्त फिल्मले बक्स अफिसमा १२९ करोडको व्यापार गरेको थियो। १४ करोड लागत रहेको यो फिल्मले सय करोडको आँकडा पार गरेपछि निर्माताले सिक्वेल बनाउने घोषणा गरेका थिए। यसैबीच जुलाईमा सार्वजनिक गर्नेगरी फिल्मको निर्माण भइरहेको छ। जसमा पुरानै कलाकारहरूले अभिनय गर्दैछन्। फिल्ममा मुख्य ...
। बलिउड अभिनेता सलमान खानलाई पुनः ज्यान मार्ने धम्की आएको छ । मुम्बई प्रहरीले धम्की दिनेविरुद्ध मुद्दा दायर गर्दै घटनाबारे अनुसन्धान थालेको छ । सलमान निकटका एक सहयोगीलाई प्रेषित त्यस्तो इमेल धम्कीमा माफिया डन लरेन्स बिश्नोइको हालैको एक अन्तर्वार्तालाई उध्दृत गरिएको जसको उद्देश्य सलमान खानलाई मार्नु थियो । बान्द्रा प्रहरीले बान्द्रा पश्चिमस्थित सलमानको घर बाहिर सुरक्षालाई ...