मुख्य समाचार
मनोरञ्जन
। नेपाली फिल्म ‘शाम्बाला’ लण्डन फिल्म फेस्टिभलको ६८ औं संस्करणमा प्रिमियर हुने भएको छ । बेलायतको यो प्रतिष्ठित फेस्टिभलमा प्रिमियर हुने ‘शाम्बाला’ पहिलो नेपाली फिल्म समेत हुनेछ । असोज २९ र ३० गते (१५ र १६ अक्टोबर)मा यो फिल्मको स्क्रिनिङ हुन लागेको फेस्टिभलले जनाएको छ । जसमध्ये ३० गते बुधबारको शोका सबै टिकट बिक्री भइसकेका छन् ...
। आगामी महिना पपस्टार लेडी गागाले दुई एल्बम ल्याउने देखिन्छ । अर्को महिना सातौं स्टुडियो एल्बम ल्याउने घोषणा गरेकी गागाले मंगलबार नयाँ एल्बम ‘हार्लेक्वीन’ ल्याउने जनाएकी छन् । असोज १८ गते नेपालमा समेत रिलिज हुन लागेको फिल्म ‘जोकर २’ मा समावेश साउन्ड-ट्रयाकलाई समावेश गरी गागाको नयाँ एल्बम आउन लागेको हो । यो फिल्ममा गागाले ‘हार्लेक्वीन’ नामक ...
फिल्म फेड्रेसन अफ इण्डियाले किरण राव निर्देशित फिल्म ‘लापता लेडीज’लाई यो वर्षको अस्कर अवार्डमा पठाउने घोषणा गरेको छ । तर यो घोषणासँगै विवाद सुरु भएको छ । यो फिल्मभन्दा पायल कपाडियाको फिल्म ‘अल वी इम्याजिन एज लाइट’ उत्कृष्ट रहेको तर्क धेरैको छ । यस वर्ष भारतमा निर्माण भएका विभिन्न भाषाका २९ फिल्मलाई अस्करमा सिफारिस गर्नेबारेमा विचार ...
। हलिउडको प्रतीक्षित फिल्म ‘ग्लाडिएटर २’ को कथा सुन्न तयार हुनुस् । फिल्मको पछिल्लो ट्रेलरले रहस्यमयी कथा र प्रविधिको बेजोड संयोजनले दर्शकलाई नयाँ स्वाद दिएको छ । नयाँ ट्रेलरमा पल मेस्कल, पेड्रो पास्कल जस्ता स्टार स्वतन्त्रता र शक्ति हासिल गर्न भिडिरहेका देखिन्छन् । धेरै कुरा थाहा पाउन बाँकी नै छ, जसलाई हामीले हलमै हेर्न पाउनेछौं । ...
। श्रद्धा कपुर र राजकुमार राव अभिनित हिन्दी फिल्म ‘स्त्री २’ ले भारतीय बक्स अफिसमा कीर्तिमान रचेको छ । यो फिल्म सर्वकालीन ब्लकबस्टर मात्र बनेन, घरेलु बजारमा ६०० करोड भारु कमाउने पहिलो हिन्दी फिल्म पनि बन्यो । बलिउड व्यापार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले ३९ औं दिनसम्म ६०४.२२ करोड भारु कमाएको छ । आइतबार मात्रै फिल्मले ...
। बेलायती रक ब्याण्ड कोल्डप्लेको भारत टुर यतिबेला विश्वव्यापी चर्चामा छ । उच्च संख्यामा टिकट बिक्री हुँदा ‘बुक माइ शो’को वेबसाइट र एप आइतबार ‘क्र्यास’ भए । मुम्बईको डीवाई स्टेडियममा जनवरी १९ र २० मा हुने कन्सर्टको टिकट आइतबार दिउँसो १२ बजेदेखि बिक्री सुरु भएको छ । ३५ सयदेखि ३५ हजार भारुसम्मका डेढ लाख टिकट बिक्रीका ...
। भारतीय अभिनेता चिरञ्जीवीको नाम गिनिज वर्ल्ड रेकर्डमा दर्ता भएको छ । ४५ वर्षको अभिनय करिअरमा १५६ फिल्मका ५३७ गीतमा डान्स प्रस्तुत गरेबापत उनले यो सम्मान पाएका हुन् । उनलाई अभिनेता आमिर खानले यो अवार्डबाट सम्मान गरेका थिए । उक्त अवसरमा आमिरले चिरञ्जीवीको प्रशंसा गर्दै भने, ‘यहाँ आउन पाउनु मेरो लागि खुसी र सम्मानको कुरा हो ...
। किरण राव निर्देशित फिल्म ‘लापता लेडिज’ले यस वर्षको अस्कर अवार्डमा भारतको प्रतिनिधित्व गर्ने भएको छ । द फिल्म फेड्रेसन अफ इण्डियाले यो फिल्मलाई अस्करको अन्तर्राष्ट्रिय फिचर विधाको प्रतिस्पर्धामा सिफारिस गरिएको जनाएको छ । सरकारले ‘लापता लेडिज’लाई अस्करमा मुलुकको तर्फबाट औपचारिकरुपमा सिफारिस गरेको हो । सिफारिस हुने प्रतिस्पर्धा सूचीमा प्रभासको ‘कल्की’, रणवीर कपुरको ‘एनिमल’, कार्तिक आर्यनको ...
। दक्षिण भारतीय अभिनेता प्रकाश राजले आइतबारदेखि नेपालमा आगामी तेलुगु फिल्म ‘ज्याक’को छायांकन थालेका छन् । छायांकन एक साता चलेपनि उनी भने आइतबारबाट मात्रै जोडिएका हुन् । छायांकन सेटबाट प्राप्त तस्वीरमा प्रकाशलाई देख्न सकिन्छ । बोमारिल्लु भास्करले निर्देशन गरिरहेको यो फिल्मको आइतबार प्रकाश राज र अर्का अभिनेता रविप्रकाशको दृश्यको छायांकन गरिएको छ । अबको १० दिनसम्म प्रकाशले ...
। ‘शाम्बाला’ अधिकारिकरुपमै नेपालबाट अस्कर अवार्डमा सिफारिस भएको छ । अस्करको अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समितिले विज्ञप्ति जारी गर्दै यसबारे जनाएको हो । आवेदन दिनको लागि जारी गरिएको समयभित्र ‘शाम्बाला’ले मात्र आवेदन दिएको र अस्करका सबै मापदण्ड यो फिल्मबाट पुग्ने जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘यो फिल्म एकेडेमीका सबै मापदण्ड पुग्ने स्तरीय एवम अब्बल दर्जाको सिर्जना ...
। अभिनेता बुद्धि तामाङलाई पुत्रलाभ भएको छ । उनकी पत्नी अनु थिङले शुक्रबार बिहान ९ बजे नर्भिक अस्पतालमा पहिलो सन्तानलाई जन्म दिएकी हुन् । ३ किलो तौलका शिशु स्वस्थ रहेको बुद्धिले बताए । अनुलाई अस्पतालको आइसीयूमै राखिएको छ । पहिलो सन्तान लाभ भएकोमा बुद्धिले अनलाइनखबरसँग खुसी व्यक्त गरे । बुद्धि र अनुले २ वर्षअघि विवाह गरेका हुन् ...
। अभिनेता हरिवंश आचार्यले आफू अभिनित फिल्म ‘बलिदान’ देशका लागि सुन्दर उपहार भएको बताएका छन् । चलचित्र विकास बोर्डले प्रदान गरेको सांस्कृतिक रुपान्तरण पुरस्कार-२०८१ ग्रहण गर्दै उनले यो फिल्मलाई लिएर त्यतिबेला कम्युनिस्ट सरकारले फिल्म बनाएको भन्ने हल्ला चलेको बताए । ‘त्यतिबेला यो फिल्मले पैसा कमाएन । निर्माता पनि आर्थिक रुपमा घाइते हुनुभो । तर यो फिल्म ...
। प्रतीक्षित दक्षिण भारतीय फिल्म ‘कंगुवा’को प्रदर्शन मिति सरेको छ । दशैंको फूलपातीमा आउने भनिएको सूर्या अभिनित फिल्म अब कात्तिक ३० (नोभेम्बर १५)मा रिलिज हुनेछ । फूलपातीमै आउन लागेको रजनीकान्त स्टारर अर्को साउथ फिल्म ‘भेट्टाइयान’का कारण ‘कंगुवा’लाई पछि सारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । निर्माताले बिहीबार ‘कंगुवा’को नयाँ मिति सार्वजनिक गरेका हुन् । सूर्या र बबी देओलको ...
। काठमाडौंका ९ र उपत्यकाबाहिरका ३० हलमा रिलिज भएको ‘शाम्बाला’ले ६ दिनमा उत्कृष्ट कमाइ गरेको छ । निर्माता तथा निर्देशक मीनबहादुर भामका अनुसार फिल्मले यस अवधिमा १ करोड १९ लाख रुपैयाँ ग्रस कमाएको छ । प्रदर्शनको सातौं दिन बिहीबार कलेक्सन डेढ करोड हाराहारीमा पुग्ने प्रक्षेपण छ । बिहीबार संविधान दिवसको सार्वजनिक बिदा भएकाले पनि शाम्बालाले बिदाको ...
। ‘अवतार’ र ‘टाइटानिक’ फिल्म निर्देशक जेम्स क्यामरुनले आणविक त्रासदीबाट बाँचेका जापानीको कथावस्तुमा कथानक फिल्म ‘लास्ट ट्रेन फ्रम हिरोसिमा’ निर्देशन गर्ने भएका छन् । यसका लागि अस्कर विजेता फिल्ममेकरले चार्ल्स पेलेग्रिनोको आगामी पुस्तक ‘घोस्ट्स अफ हिरोसिमा’को एडप्टेसन अधिकार खरिद गरेको डेडलाइनले जनाएको छ । उनी उक्त पुस्तकलाई फिचर फिल्ममा रुपान्तरण गर्न चाहन्छन् । समाचारअनुसार क्यामरुनले पेलेग्रिनाका दुई ...
। श्रद्धा कपुर स्टारर ‘स्त्री २’ भारतीय बक्स अफिसमा सर्वकालीन धेरै कमाउने हिन्दी फिल्म बनेको छ । इण्डियन एक्सप्रेसका अनुसार शाहरुख खान स्टारर ‘जवान’को कमाइलाई उछिन्दै यो फिल्मले कीर्तिमान रचेको हो । ‘स्त्री : सरकटेका आतंक’ले भारतीय बक्स अफिसमा शाहरुखको ‘जवान’सहित रणवीर कपुरको ‘एनिमल’, शाहरुखकै ‘पठान’ र सन्नी देओलको ‘गदर २’ को कमाइलाई पनि उछिनेको छ ...
First Prev ... 3 4 5 6 7 8 9 10 11 12 13 ... Next Last