मुख्य समाचार
मनोरञ्जन
: अमेरिकाको लस एन्जलसमा ओस्कर अवार्ड समारोह सम्पन्न भएको छ। यस वर्ष यौनकर्मीको कथामा आधारित फिल्म 'अनोरा' ले पाँच विधामा अवार्ड जितेको छ। अनोरा यस वर्षको उत्कृष्ट चलचित्र बनेको छ। त्यस्तै उत्कृष्ट निर्देशक र उत्कृष्ट अभिनेत्रीको पुरस्कार पनि यही सिनेमाका निर्देशक र अभिनेत्रीले पाएका छन्। फिल्मकी अभिनेत्री मिकी म्याडिसनले उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरेकी छिन्। यस ...
। चीनले दक्षिण कोरियाली फिल्म, के-पप र टिभी श्रृंखलामाथि लगाएको अघोषित प्रतिबन्ध हटाउने तयारी गरेको छ । डेडलाइन म्यागेजिनका अनुसार सम्भवतः मे महिनादेखि यसको थालनी हुनेछ । ‘ प्रतिबन्धहरू खुकुलो पार्नुले चीन ‘वुल्फ वारिअर’ कूटनीतिक नीतिबाट विश्वभर आफूविरोधी भावनालाई कम गर्ने उद्देश्यले ‘स्माइल पोलिसी’तर्फ सरेको संकेत देखिन्छ’ समाचारमा भनिएको छ । यस कदमलाई वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ...
। पपस्टार जेनिफर लोपेज र हलिउड अभिनेता बेन एफलेकबीच औपचारिकरुपमा सम्बन्धविच्छेद भएको छ । यी दुईले ६ जनवरीमा काउन्टी अदालतमा सम्बन्धविच्छेदका लागि आवेदन दिएका थिए । अदालतले २१ फेब्रुअरीमा जोडी अलग भएको निर्णय सुनाएको हो । पहिलोपटक पिपुल म्यागजिनले हाइप्रोफाइल सेलेब्रिटीको खबर बाहिर ल्याएको हो । लोपेज र एफलेकले सन् २०२२ मा लस भेगासमा विवाह गरेका ...
— पाटन उच्च अदालतले प्रदर्शन तयारीमा रहेको फिल्म ‘लाज शरणम’को प्रचारप्रसार रोक्ने आदेश दिएको छ । अदालतको आदेशसँगै निर्माण टिमले यतिबेला फिल्मको सबै प्रचारप्रसार रोकेको छ । पूर्वमन्त्री अफताव आलमले आफ्नो अनुहारसँग हुबहु मिल्ने गरी फिल्ममा अभिनय गरेको भन्दै मुद्दा दायर गरेका थिए । मंगलबार उनको मुद्दामा सुनुवाइ गर्दै न्यायाधीधद्वय लालबहादुर कुवँर र हेमन्त रावलको संयुक्त ...
। विवादित भारतीय युट्युबर तथा पडकास्टर रणवीर अलाहबादिया ‘बियरबाइसेप्स’लाई पक्राउ नगर्न त्यहाँको सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । ‘इण्डियाज गट लेटेन्ट’ नामक युट्युब शोमा अभद्र र अश्लिल टिप्पणी गरेको भन्दै उनीविरुद्ध महाराष्ट्र, असम र राजस्थानमा एफआईआर दर्ता भएका थिए । न्यायाधीश सूर्यकान्त र एन कोटेश्वर सिंहको इजलासले विभिन्न आदेश दिएको भारतीय संचारमाध्यमले जनाएका छन् । ...
। चलचित्र विकास बोर्ड र धुलिखेल नगरपालिकाबीच १३०० रोपनी जग्गा हस्तान्तरणसम्बन्धी प्रारम्भिक सम्झौता भएको छ । धुलिखेल नगरपालिकाको ३९औँ स्थापना दिवसको अवसरमा सोमबार यस्तो सम्झौता भएको हो । नगरप्रमुख अशोक ब्याञ्जु श्रेष्ठ र बोर्ड अध्यक्ष दिनेश डीसीबीच सम्झौता भएको हो । सो अवसरमा पूर्वसंचारमन्त्री गोकुल बासकोटा लगायतको उपस्थिती थियो । अध्यक्ष डीसीले सो अवसरमा बोल्दै धुलिखेलमा बोर्डको ...
। आफ्नो बहुचर्चित विश्व सांगीतिक टूर ‘लास मुजेरेस या नो लोरन’मा निस्किएकी पपस्टार शकिरालाई पेटको समस्याले अस्पताल भर्ना गरिएको छ । जसको कारण पेरुमा हुने उनको कन्सर्ट स्थगित गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । ४८ वर्षीया गायिकाले अस्पतालको आकस्मिक कक्षमा आफू उपचाररत रहेको जानकारी दिएकी छन् । सामाजिक संजाल एक्समा पोस्ट गरिएको सूचनामा शकिराले कन्सर्ट रोक्नुपरेकोमा ...
। अभिनेता राजेश हमालले आफ्नो खुबी पहिचान गरेर अघि बढ्न युवाहरूलाई सुझाव दिएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अभिनेता हमालले जीवन सहज नभएको तर कहिले कहीँ आउने सहजतालाई उपभोग गरेर कृतज्ञ हुन आग्रह गरे । ‘यहाँहरू भोलि कुनैपनि क्षेत्रमा लाग्न चाहनुभयो । आत्मविश्वासका साथ लाग्नुस् । तपाईंहरू ऊर्जा, समय छ, त्यसलाई राम्रोसँग सदुपयोग गर्नुहोला ...
। भारतीय युट्युबर तथा पडकास्टर रणवीर अलाहबादियाले आफूविरुद्ध दायर एफआईआर र अश्लिल टिप्पणीलाई चुनौती दिँदै त्यहाँको उच्च अदालतमा रिट दायर गरेका छन् । अलाहाबादियाका तर्फबाट अधिवक्ता अभिनव चन्द्रचुडले अदालतमा बहस गर्नेछन् । रिटलाई केही दिनमा दर्ता गर्ने जनाइएको छ । प्रधानन्यायाधीश सञ्जीव खन्ना र न्यायाधीश सञ्जय कुमारको इजलासले यो मुद्दामा सुनुवाइ गर्नेछ । वकिल चन्द्रचुडले चाँडै बहसको ...
। भारतीय कमेडियन समय रैनाले आफ्नो पडकास्ट शो ‘इन्डियाज गट लेटेन्ट’लाई लिएर चलिरहेको विवादमा स्पष्टीकरण दिएका छन् । उनले शोका सबै भिडियो युट्युबबाट हटाइएको बताएका छन् । आफ्नो उद्देश्य दर्शकलाई हँसाउनुमात्र रहेको उनको प्रष्टीकरण छ । यसबारे चलिरहेको प्रहरीसहितका एजेन्सीले गरिरहेको अनुसन्धानमा आफूले सघाउने वचन समेत उनले दिएका छन् । उनी लेख्छन्, ‘अहिले जे भैरहेको छ, ...
। र्‍यापर बालेनको नयाँ गीत ‘नेपाल हाँसेको’ले विश्वब्यापी चर्चा पाइरहेको छ । रिलिजको २४ घण्टा नबित्दै यो गीत नेपालसहित ६ मुलुकमा युट्युवको ट्रेन्डिङमा छ । सोमबार बेलुका रिलिज भएको यो गीत नेपालमा भने स्ट्रिमिङको डेढघण्टामै ट्रेन्डिङमा थियो । मंगलबार मध्यान्हमा नेपालको संगीत खण्डतर्फ युट्युवको शीर्षस्थानमा छ । यो समाचार लेख्दासम्म गीतलाई झण्डै ८ लाख ७० हजार ...
। के-पप ब्याण्डका सदस्य भी अर्थात किम तेह्युङ ‘विश्वका सबैभन्दा सुन्दर पुरुष’ घोषित भएका छन् । टेक्नो-स्पोर्ट्सले यसवर्षका सुन्दर पुरुषको सूची सार्वजनिक गरेको छ । उल्लेखनीय कुरा के हो भने, गायक भीले हलिउड स्टार ब्राड पिट, बलिउड स्टार ऋतिक रोशनजस्ता विश्व मनोरञ्जन क्षेत्रका व्यक्तिलाई पनि उछिनेका छन् । भीको लोकप्रियता नेपालसहित विश्वब्यापी छ । जेन-जी पुस्तामा उनको ...
— अमेरिकी चर्चित ब्याण्ड मोटली क्रुका प्रमुख गायक भिन्स नीलको व्यक्तिगत विमान दुर्घटना भएको छ । स्थानीय समयअनुसार सोमबार दिउँसो अमेरिकाको एरिजोना राज्यको स्कटस्टेल विमानस्थलमा भिन्सको विमान दुर्घटना भएको हो । अमेरिकी समाचार संस्था एशोसिएटेड प्रेस (एपी)का अनुसार दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । भिन्सका प्रतिनिधि वोरिक रोबिन्सले विज्ञप्ति जारी ...
— चलचित्र विकास बोर्डले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको वडा नं १० र १३ मा निर्माण हुन लागेको ‘इनडोर सुटिङ स्टुडियो’का लागि बोलपत्र आह्वान गरेको छ । आज बोर्डले सूचना सार्वजनिक गर्दै निर्माणका लागि इच्छुक कम्पनीले आगामी ३० दिनभित्र ‘ई-बिडिङ’मार्फत आवेदन दिन सक्ने जनाएको छ । बोर्डका अध्यक्ष दिनेश डिसीले धेरै वर्षदेखि देखिएको चलचित्रकर्मीको सपना छिट्टै पूरा ...
। गायिका एलिना चौहानले आफूलाई ‘धोकेबाज’ भनेर बोलाउन थालेको बताएकी छन् । शुक्रबार ह्वाइट हाउस लिटरेचर फेस्टिभलमा प्रस्तुति दिनुअघि विद्यार्थी दर्शकले ‘धोकेबाज’ गीत गाउन अनुरोध गर्दा उनले उक्त कुरा बताएकी हुन् । ‘धोकेबाज मलाई भनेको कि ? अहिले त धोकेबाज शब्द सुन्दा पनि मलाई नै भनेको जस्तो लाग्छ,’ उनले भनिन् । दर्शकले ‘धोकेबाज’ गीतलाई ‘वान्स मोर’भन्दा धेरैको ...
। सन् २००४ मा रिलिज भएको शाहरुख खानको फिल्म ‘मै हूँ ना’ उनको सफल फिल्म मध्ये एक हो । फिल्ममा शाहरुखसँग फराह खानले काम गर्ने मौका पाएकी थिइन् । हुन त, दर्शकले फराहसँग शाहरुखका सबै फिल्मलाई रुचाएका छन् । अहिले ‘मै हूँ ना २’ को चर्चा छ र यो फिल्मको स्क्रिप्टमा काम सुरु भएको बताइएको ...
First Prev ... 3 4 5 6 7 8 9 10 11 12 13 ... Next Last